३१ आश्विन २०८३, शनिबार

रसुवामा तामाङ संस्कृतिक तथा कराँते प्रतियोगिता हुने

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, २१ पुस । ‘संस्कृति तथा खेलकुदको प्रवर्द्ध गरौं, सुन्दर समुन्नत राष्ट्रको निर्माण गरौँ’ भन्ने मुल नाराका साथ रसुवामा प्रथम तामाङ संस्कृतिक तथा कराते प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।

नेपालको उत्तरतर्फ चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला रसुवामा तामाङ समुदायको बाहुल्यता रहेको छ । तामाङ समुदायको मौलिक परम्परा, कला, संस्कृति, पर्यटन क्षेत्रको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ सोनाम लोछारको अवसरमा प्रतियोगिता आयोजना हुन लागेको रसुवा स्पार्ट एकेडेमीका अध्यक्ष विजय मोक्तानले बताए ।

प्रतियोगिता २०७९ माघ ७ र ८ गते कालिका गाउँपालिका वडा न. १ राम्चेस्थित खेलकुद ग्राउन्डमा सञ्चालन हुनेछ । प्रथम तामाङ संस्कृतिक तथा कराँते प्रतियोगिताअन्तर्गत जिल्ला स्तरीय कराँते प्रतियोगिताामा पुरुष र महिला गरी विभिन्न विधामा हुने प्रतिस्पर्धामा करिब १६० खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ २० देखी ६० केजी तौल समूह र महिलातर्फ २० देखी ५५ केजी तौल समूहका खेलाडीले सहभागीता जनाउनेछन् । बिजेता समूहलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । राइजीङ स्टार महिला र पुरुष दुई जना र बेस्ट प्लेयर महिला र पुरुष दुई जनालाई ट्रफी र नगद ५ हजार प्रदान गरिनेछ ।

त्यसैगरी तामाङ सांस्कृतिक प्रतियोगितामा रसुवा जिल्ला भित्रका २७ वटै वडाहरूबाट एक/एक समूह गरी करीब २८० प्रतिस्पर्धी सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी समूहबाट प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगी समूहले रसुवामा प्रचलित विभिन्न वडाका तामाङ संस्कृति झल्किने पहिरन र भाषा प्रयोग, टुङना र विगुल अनिवार्य, एक समूहमा कम्तीमा ५ महिला र ५ पुरुष अनिवार्य र तामाङ चौतारी होई (वर वर होई, तामाङ दोहोरी ) अनिवार्य हुनुपर्ने मोक्तानले बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत सहभागिता रहनेछ ।