३१ आश्विन २०८३, शनिबार

शेखर गोल्छा भन्छन्– सरकारले निर्यात प्रवर्द्धन गरे पनि निर्यातकर्ताले सुविधा पाएनन्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु मुलुकको अर्थतन्त्रसँग महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारणसभा तथा सातौँ निर्यात दिवसका अवसरमा बिहीबार काठमाडौंमा अयाोजित निर्यातयोग्य वस्तुहरुको मेला तथा प्रदर्शनी उद्घाटन गर्दै गोल्छाले अहिले रेमिट्यानन्सको भरमामात्रै अर्थतन्त्र चलिरहेको अवस्थामा निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु महत्वपूर्ण हुनुपर्ने बताएका हुन् ।

उनले सरकारले निर्यातलाई बढावा दिने हरेक कार्यक्रमका साथै आवश्यक नियमावली बनाए पनि निर्यातकर्ताले सुविधाहरु नपाएको गुनासो गरेकाले छिट्टै यसलाई सम्बोधन गर्नुपर्ने बताए ।

गोल्छाले महासंघको भिजन पेपरमा पनि निर्यात बढाउँदै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको जानकारी दिएका छन् । प्रदर्शनी काठमाडौंको छायाँ सेन्टरमा दुई दिनसम्म चल्ने परिषद्ले जनाएको छ ।