३१ आश्विन २०८३, शनिबार

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा भोलि शीर्ष नेतृत्वलाई बुझाइँदै (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले भोलि शुक्रबार शिर्ष तहलाई प्रतिवेदन बुझाउने भएको छ ।

शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बसेर न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने र शीर्ष तहमा प्रतिवेदन बुझाइने कार्यदल संयोजक समेत रहेका उपप्रधान एवम् अर्थतन्त्री विष्णु पौडेलले जानकारी दिए ।

उनले सरकारमा सहभागी दलहरुको सुझाव लिदै मस्यौदा तयार पारिएको र शुक्रबार अन्तिम रुप दिने बताए । कार्यदलका सदस्य एवम् माओवादी नेता बर्षमान पुन अस्वस्थ भएका कारण बिहीबार बैठक बस्न नसकेको उनले बताएका छन् ।

पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ । संसदमा विश्वासको मत लिएलगत्तै न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को तयारी छ ।