
काठमाडौं, २१ पुस । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार बंगलादेश प्रस्थान गरेका छन् ।
बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन पोखरेल दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन् ।
उनले शुक्रबार महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुन ढाका गएका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्कने कार्यतालिका रहेको छ ।















प्रतिक्रिया