३१ आश्विन २०८३, शनिबार

लुम्बिनी सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले गरे आह्वान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । लम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले बिहीबार पुस २७ गते बुधवार ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेका हुन् ।