
काठमाडौं, २१ पुस । राष्ट्रिय सभा निर्वाचनका उप निर्वाचन आगामी माग २५ गते हुने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचन माग २५ गते गर्ने निर्णय गरेको हो ।
खिमलाल भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा निर्वाचन हुन लागेको हो । यस्तै, मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ।
अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।















प्रतिक्रिया