३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्रीद्वारा कम्बोडियामा निधन भएका निराकर पाण्डेका बुबासँग भेट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको क्यासिनोमा आगलागीमा परेर मृत्यु भएका झापाका निराकर पाण्डेका बुबासँग भेट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निराकरका बुबा झापाका अग्नि पाण्डेसँग भेट गरेका हुन् । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार राति पाण्डेका छोरा निराकारको निधन भएको थियो ।

प्रधानमन्त्रीले बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ अग्निसँग भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा अग्निले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको बताउँदै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले निराकारको शव स्वदेश ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गरेका प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

यस्तै, पाण्डेलाई उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीलगायतले पनि भेटेका थिए ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै मुख्यसचिवमार्फत निराकारको शव स्वदेश ल्याउने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन् ।