३१ आश्विन २०८३, शनिबार

छुट्टै भेला, बैठक र छलफलमा जुट्यो कांग्रेसको शेखर–गगन समूह

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसको शेखर–गगन समूह छुट्टै भेला, बैठक र छलफलमा जुटेको छ ।

यसै सन्दर्भमा आज समूहले छुट्टै भेलाको आयोजना गरेको छ । चुनावी समीक्षा गर्न भेला बोलाइएको बताइएको छ ।

भेलाबाट चुनाव र गठबन्धनबारे पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने तयारी यो समूहको छ ।

यो समूहले यसअअघि पनि छुट्टै छलफल गरेको थियो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।

शेखर–गगन समूहमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत नेताहरू छन् ।