३१ आश्विन २०८३, शनिबार

संसद् सचिवालयको सचिवमा डा. पाण्डेको पदोन्नति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । सङ्घीय संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।

संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले उनलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहेका छन् ।

त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उनी हाल लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा थिए ।

निजामती सेवामा विस २०६७ चैत २४ गते देखि उपसचिवबाट सेवा प्रवेश गरेका पाण्डे विसं २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिवमा आएका थिए ।

नेतृत्व व्यवस्थापन विषयमा पिएचडी गरेका उनले त्यसअघि विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम अधिकृतका रुपमा पाँच वर्ष काम गरेका थिए ।