
काठमाडौं, २० पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाउनेबारेमा गठबन्धनमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।
बुधबार साँझ बालुवाटारमा गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लामिछानेले भागबण्डाका लागि मन्त्रालय फुटाउने कुनै तयारी नरहेको बताएका हुन् ।
गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल भएको लामिछानेले जानकारी दिए ।
न्यूनतम साझा कार्यक्रम शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी रहेको लामिछानेले जानकारी दिए ।















प्रतिक्रिया