३१ आश्विन २०८३, शनिबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी छन्।

जसपा र राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्री पठाउनेबारे अहिलेसम्म निर्णय लिएका छैनन्।

बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।