३१ आश्विन २०८३, शनिबार

प्रचण्डले छोडेर जानुमा काँग्रेस दोषी छैन: प्रवक्ता महत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाली काँग्रेसले गठबन्ध टुट्नुमा काँग्रेसको कुनै दोष नरहेको बताएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले गठबन्धन फुट्नुमा काँग्रेसको कुनै दोष नरहेको स्पष्ट पारेका हुन् ।

‘प्रचण्ड’ जानुमा काँग्रेसको कुनै दोष छैन । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारेमा पार्टीमा दोस्रो चरणको छलफल गर्न नपाउँदै प्रचण्ड गए,’ प्रवक्ता महतले भने ।

नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले धोका दिएको बताए ।

गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताए।

महतले अहिलेको सत्ता गठबन्धन अवसरकेन्द्रीत रहेको र धेरै दिन नटिक्ने टिप्पणी गरे । उनले राजावादी, संविधानविरोधी, संघीयता विरोधी मिलेर गठबन्धन बनेको भन्दै यो विशुद्ध पदपूर्ती गर्ने गठबन्धन भएको धारणा राखे ।

अहिले नै सत्ता गठबन्धनभित्र भागवण्डाको विवाद सुरु भइसकेकाले गठबन्धनको आयु छोटिन सक्ने प्रशस्त सम्भावना रहेको उनले बताए ।

निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको प्रवक्ता महतले बताए।