३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता, प्रधानमन्त्रीले मागे विश्वासको मत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच सिंहदरबारमा भेट भएको हो । दुई नेताबीच समसामायिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ । भेटमा प्रचण्डले अध्यक्ष नेपालसँग आफूलाई विश्वास मत दिन आग्रह गरेका थिए ।

एमालेसँग मिलेर सरकार बनाएपछि प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि गठबन्धनमा ल्याउने प्रयास गरिरहेका छन् ।

प्रचण्डले पछिल्लो समय पार्टी विभाजनपछि पानी बाराबारको अवस्थामा पुगेका नेकपा एमालेका अध्यक्ष ओली र नेपालबीच भेट गराउने प्रयास पनि गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड काँग्रेससँगको गठबन्धन फुटेपछि पुन: वाम एकताका लागि सक्रिय बनेका छन् ।