
काठमाडौं, २० पुस । नेपाली काँग्रेस सुदूरपश्चि प्रदेश संसदीय दलको नेतामा कमलबहादु शाह चयन भएका छन् ।
प्रदेश संसदीय दलको बैठकले शाहलाई सर्वसम्मत चयन गरेको हो ।
संसदीय दलको नेताका लागि बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षी भएपनि अन्तिममा पछाडि हटेपछि शाह सर्वसम्मत चयन भएका हुन् ।















प्रतिक्रिया