
काठमाडौं, २० पुस । लुम्बिनी प्रदेशसभाका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर माओवादी केन्द्रमै फर्किएका छन् ।
मंसिर ४ को निर्वाचनमा पार्टीको निर्णयविरुद्व उम्मेदवारी दिएर रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित भएका सांसद पुन फेरि माओवादीमै फर्किएका हुन् ।
उनी आत्मालोचनासहित पार्टीमै फर्किएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनलाई पार्टीमा स्वागत गरेका हुन् ।
















प्रतिक्रिया