३१ आश्विन २०८३, शनिबार

खेलाडीहरु खुल्न थाले सन्दीपको पक्षमा, आरिफ लेख्छन्- ‘जस्टीस् फर सन्दीप लामिछाने’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नाबालिका बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा खेलाडीहरु खुल्न थालेका छन् ।

खेलाडीहरुले सन्दीपलाई न्यायको माग गर्दै सामाजिक सञ्जालमा ‘जस्टीस् फर सन्दीप लामिछाने’ ह्यास्ट्याग नै चलाएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आरिफ शेखले सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै आरिफले सन्दीपलाई न्याय दिनुपर्ने माग गरेका हुन् ।

सन्दीपले न्याय पाउनुपर्ने र फेरि राष्ट्रलाई गौरुवान्वित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

‘न्यायले हरेक मानिसलाई एकनासले हेर्छ । यो सदा सर्वदा उस्तै हुन्छ । मरेको मान्छे न्यायका लागि रुन सक्दैन । बाँचेको मान्छेको जिम्मा हुन्छ उनीहरूको न्यायका लागि लड्ने । सन्दीपले चाँडै न्याय पाओस् र एक देशभक्त व्यक्तिले फेरि राष्ट्रलाई गौरवान्वित गर्न सकोस् भन्ने मेरो कामना छ ।’ उनले लेखेका छन्।

अर्का राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरले पनि सन्दीपलाई न्यायको माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले पनि सन्दीपको पक्षमा मुख खोलेका हुन् ।