
काठमाडौं, २० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
सत्ताबाट बाहिरिएपछि पहिलो पटक काँग्रेसले आधिकारीक रुपमा पत्रकार सम्मलेन गर्न लागेको हो । पत्रकार सम्मेलनमा समसामायिक राजनीतिक विषयवस्तुमा ब्रिफिङ गर्ने काँग्रेसले जनाएको छ ।
आज अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
कांग्रेसले आज निर्वाचन परिचालन तथा प्रचारप्रसारमा खटिएका पार्टीका नेता/कार्यकर्ता लगायतलाई पनि धन्यवाद दिने कार्यक्रम रहेको बताइएको छ ।















प्रतिक्रिया