३१ आश्विन २०८३, शनिबार

माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेनन्, बिसर्जनको बाटोमा नेकपा एस : सूर्य थापा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य सूर्य थापाले माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताएका छन् ।

पार्टी विभाजनको औचित्य पुष्टि नभएपछि नेकपा एकीकृत समाजवादी पार्टी अहिले गन्तव्यहीन बन्न पुगेको उनको भनाइ छ ।

केवल अरुको स्वार्थसिद्धीका लागि पार्टी विभाजन गरी देशलाई अस्थिरताको बाटोतर्फ डोहोर्‍याउने भर्‍याङ बनेको नेकपा एसभित्र अहिल्यै तीनलाइन संघर्ष तीव्र बन्नुले पार्टी बिसर्जनको दिशातर्फ अघि बढेको उनको तर्क छ ।

नेकपा एस र त्यहाँभित्र रहेका नेता–कार्यकर्ताका लागि ‘हामफालेर’, ‘हिँडेर’ वा ‘घिस्रिदै–घिस्रिदै’ एमालेमा आइपुग्ने विकल्प मात्रै बाँकी रहेको सांसद थापाको टिप्पणी छ ।