३१ आश्विन २०८३, शनिबार

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । जनता समाजवादी पार्टी जसपाले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।

मंगलबार सकिएको राजनीतिक समितिको बैठकले आफूहरुको सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने नभए सरकार बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेको हो । राजनीतिक समितिमा सरकारमा जाने नजाने विषयमा सदस्यहरुको मत बाझिएको थियो ।

तर बहुसंख्यक सदस्यहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको पार्टी प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।

बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धन सम्बन्धी वार्ताका लागि पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको प्रवक्ता सुमनले बताए ।

बैठकले चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ ।

यस्तै, विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता सुमनले जानकारी दिए ।