३१ आश्विन २०८३, शनिबार

रौतहट–२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । रौतहट–२ का स्वतन्त्र सङ्घीय सांसद किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई एमालेमा प्रवेश गराएका हुन् । ओलीले साहलाई खादा ओढाएर टीका लगाई पार्टीमा प्रवेश गराए ।

उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र–१ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।