३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेशमा सभामुखको निर्वाचन पुस २९ गते (कार्यतालिकासहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ पुस । बागमती प्रदेश सभाका सभामुखको निर्वाचन यही पुस २९ गते हुने भएको छ ।

सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको चयनका लागि यही पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार सभामुखको निर्वाचनका लागि २८ पुसमा मनोनयन दर्ताको लागि बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म समय रहने छ ।

यसैगरी मनोनयन फिर्ताको समय सोहि दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्म रहने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपराह्न ४ बजे गरिनेछ ।

सभामुखको निर्वाचन पुस २९ गते शुक्रबार ११ बजे बस्ने प्रदेश सभा बैठकमा हुनेछ ।

१ सय १० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।