३१ आश्विन २०८३, शनिबार

मुख्यमन्त्रीका दाबेदार राप्रपाका थापा भन्छन्– गणतन्त्र र धर्मनिरपेक्षता यही कार्यकालमा हट्छ (भिडिओ)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापाले बागमती प्रदेश सरकारमा राप्रपाको दाबी रहने बताएका छन् ।

सोमबार दिउँसो बागमती प्रदेश सभाको पहिलो बैठकअघि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता थापाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले राप्रपा केन्द्र र प्रदेशको सरकारमा जाने अवस्था आएमा बागमतीको मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका हुन् ।

उनले सात वटामध्ये चार वटा प्रदेशमा राप्रपाको निर्णायक भूमिका रहेको बताउँदै राप्रपाको दाबी बागमतीको मुख्यमन्त्रीमा मात्र रहने बताए । राप्रपाले बागमतीको नेतृत्व पाएको अवस्थामा प्रदेश संरचना नै खारेज गर्ने प्रक्रियामा लैजाने गम्भीर दाबी उनले गरेका छन् । राप्रपा सरकारमा सहभागी भएको अवस्थामा पाँच वर्षमा प्रदेश सरकारसँगै गणतन्त्र र धर्म निरपेक्षता खारेज गर्ने प्रक्रियामा लगिने दाबी उनले गरेका हुन् ।

नेता थापाले संघीय व्यवस्था देशले धान्न नसकेको दाबी गर्दै संवैधानिक राजसंस्था आवश्यक रहेको समेत बताएका छन् । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा राप्रपाको १३ जना सांसद छन् ।