
काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) को पोलिट्ब्यूरो बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा जारी बैठकमा सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
यसअघि, शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकमा पनि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल भएको थियो ।
स्थायी कमिटी बैठकमा अधिकांशले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए भने केहीले हत्तार गर्न नहुनेमा जोड दिएका थिए ।















प्रतिक्रिया