३० कार्तिक २०८३, सोमबार

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पोलिटब्युरो बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको थियो तर कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको प्रवक्ता खतिवडाले बताए ।

आजको बैठकमा पनि अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे छलफल गरिने उनले बताए । पोलिटब्युरोको बैठकमा पार्टी निर्माण, सुदृढीकरण विस्तार लगायत विषयमा गहन छलफल हुने बताइएको छ ।