३१ आश्विन २०८३, शनिबार

आईएमई–पे एप अब नेपाली भाषामा, ७.१३% ब्याज कमाउन सकिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । अबदेखि आईएमई–पे एप नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ ।

बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आईएमई–पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको जनाएको छ ।

भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आईएमई–पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको नयाँ फिचरका लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आईएमई–पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ ।

पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन (ईएन) सङ्केतबाट नेपाली भाषा रोज्न सक्ने छन् । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरेलगत्तै सो फिचर प्राप्त गर्न सकिने छ ।

प्रयोगकर्ताहरुले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आईएमई–पेमार्फत कुनै पनि डिजिटल भुक्तानी गर्न सक्ने छन् । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नका साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आईएमई–पे एपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।