३१ आश्विन २०८३, शनिबार

बिदाका दिन आफ्नै गाडी आफै चलाएर हिँडे गृहमन्त्री मन्त्री लामिछाने(भिडियोसहित)

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक बिदामा सरकारी गाडीको प्रयोग नगरी आफ्नै प्राइभेट गाडी प्रयोग गरेका छन् ।

मन्त्री लामिछानेले सार्वजनिक बिदाका दिन प्राइभेट गाडी प्रयोग गरेर नयाँ उदाहरण कायम गरेका हुन् । सरकारी पदमा पुगेपछि सरकारी सम्पत्तिमा मात्रै हालिमुहाली गर्ने प्रवृत्ति रहेकामा रविको यो कदमको चौतर्फी प्रशंसा भइरहेको छ ।

यो भिडियो शनिबारको हो । बिदाका दिन मन्त्री लामिछाने आफ्नै गाडी आफैले चलाएर हिँडेको देख्न सकिन्छ ।

उनले आफै कार चलाएका छन् भने साइडको सीटमा श्रीमती निकिता पौडेल लामिछाने बसेकी छिन् ।