
काठमाडौं, १७ पुस । आज अङ्ग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइएको छ ।
मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ।
आइतबार काठमाडौंको बसन्तपुरमा राष्ट्रिय पोसाकमा सजिएर सर्वसाधारणहरुले उक्त दिवस मनाएका छन् । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालिएको हो ।















प्रतिक्रिया