३१ आश्विन २०८३, शनिबार

यसकारण मिठाई खाँदैनन् नाना पाटेकर

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । चर्चित बलिउड अभिनेता नाना पाटेकर कडा मिजासका व्यक्ति मानिन्छन् ।

२००७ सालमा रिलिज भएको चलचित्र ‘वेलकम’ पछि पाटेकरले पछाडि फर्केर हेर्नु परेको छैन । नाना पाटेकरका जीवनक अनेकौँ किस्सा छन् ।

जुन सडकको जेब्राक्रसिङ पेन्ट गर्ने देखि हालसम्मको बलिउड स्टारसम्मको । त्यसमध्ये उनले मिठाई खाँदैनन् र उनले किन मिठाइ खाँदैनन् त ? भन्ने बारेमा हामी तपाईँहरुलाई जानकारी दिँदैछौँ ।

नाना पाटेरको बाल्यकाल गरिबीमा बितेको थियो । उनले त्यहि बाल्यकालको दुख सम्झेर मिठाई नखाने एक अन्र्तवार्तामा बताएका छन् । उनलाई सानेमा मिठाई एकदमै मन पर्दथ्यो ।

तर, गरिबीका कारण उनले एउटा मिठाईसमेत किनेर खान सकेनन् । आज उनी बलिउड हस्ती बनिसक्दा पनि मिठाई खाँदैनन् ।

‘जब खान मन थियो खान पाइँन । आज जति पनि मिठाई किनेर खान सक्ने हैसियतमा छु तर खान मन लाग्दैन,’ उनी भन्छन् ।