१ मंसिर २०८३, मंगलबार

नेकपा एसको स्थायी समिति बैठक आज पनि बस्दै, सरकारमा जाने-नजाने टुंगो लाग्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेकपा (एकीकृत समाजवादी) को स्थायी समितिको बैठक आज पनि बस्दै छ ।

शनिबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठक आज पनि बस्न लागेको हो । शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए ।

बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको थियो ।

आज बस्ने बैठकले पार्टी सरकारमा जाने कि नजाने भन्ने बारेमा टुंगो लगाउने बताइएको छ ।