३१ आश्विन २०८३, शनिबार

जसपा बैठक: सरकारमा जाने मन्त्रीहरुको टुंगो लागाउने जिम्मा राजनीतिक समितिलाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । बैठकले सरकारमा जानका लागि पार्टीबाट मन्त्री बन्नेहरुको टुंगो लगाउने जिम्मा पार्टीको राजनीतिक समितिलाई दिएको छ ।

यस्तै, बैठकले यही पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने बताइएको छ ।