३१ आश्विन २०८३, शनिबार

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल चयन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएको छन् ।

काठमाडौंमा बसेको संसदीय दलको बैठकले जमरकट्टेललाई दलको नेता चयन गरेको हो । पार्टी नेतृत्वको ठाडो निर्देशनपछि बैठकले जमरकट्टेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

दलको नेताको आकांक्षी रहेका केहि नेताहरुले भने जमरकट्टेलाई संसदीय दलको नेता बनाएकामा विरोध गरेका छन् । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पनि दलको नेताका लागि आकांक्षी थिए ।

नेतृत्वको निर्देशनपछि जमरकट्टेलाई सर्वसम्मत चयन गरिएपछि सहयात्रीले असन्तुष्टि जनाउँदै विरोध गरेका छन् ।