३१ आश्विन २०८३, शनिबार

नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चूनौती

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चूनौती रहेको बताएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को २४ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सचिव अधिकारीले पछिल्लो चार बर्षयता क्यानले निकै सुधारका काम गरेको भन्दै अझै नेपालको हवाइ क्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चूनौती रहेको बताएका हुन् ।

पछिल्ला बर्षमा अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलको स्तरोन्नतीका लागि क्यानले उपलव्धीपूर्ण काम गरेको उनले बताए । सचिव अधिकारीले अमेरिका, स्वीजरल्याण्ड, रुवान्डा लगायत बिभिन्न देशहरुसंग हवाई सेवासम्बन्धी सम्झौता अघि बढेको जानकारी दिए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन विमानस्थलमा हुने विमान चापलाई ध्यान दिई रात्रीकालिन उडानलाई प्राथमिकतामा राखिएको जानकारी दिए । गौतमबुद्ध बिमानस्थलमा उडानमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय सेवा प्रदायकलाई सहुलियत दिइएको उनले बताए ।

उनले आन्तरिक उडानलाई थप सुरक्षित र व्यवस्थित गर्नका लागि पनि प्रविधिलाई पनि समायानुकुल विकासित गर्दै लगेको जानकारी दिए । कार्यक्रममा क्यानको बार्षिक बुलेटिन सार्वजनिक गरिएको थियो भने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।