३१ आश्विन २०८३, शनिबार

नेकपा एसको प्रष्टीकरण- पार्टी एकताको हल्ला निराधार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेकपा (एकीकृत समाजवादी) ले अन्य पार्टीसंगको एकताको चर्चा निराधार हल्ला मात्रै भएको स्पष्ट पारेको छ ।

शनिबारबाट काठमाडौंमा सुरु नेकपा समाजवादीको स्थायी कमिटीको बैठकले एकताको हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा एकीकृत समाजवादीलाई अन्य पार्टीसंगको एकतामा रुची नरहेको र हल्लाको पछि नलाग्न आग्रह गरे ।

उनले अन्य दलसंग पार्टी एकता नभई एजेण्डामा सहकार्य गर्न सकिने धारणा राखे । शनिबारबाट सुरु बैठकमा सरकारमा जाने वा नजाने लगायत पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल सुरु भएको खतिवडाले जानकारी दिए ।

‘बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले अहिलेको अवस्थामा पार्टीलाई अघि बढाउनका लागि सुझाव माग्नुभएको थियो भने अहिले अप्रत्याशित घटना घटेकाले अव पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै सम्मानीत नेता झलनाथ खनालले बिचारलाई परिस्कृत गर्दै पार्टीलाई बलियो रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो,’ प्रवक्ता खतिवडाले भने ।

बैठक आइतबार पनि जारी रहने छ । बैठकले पोलिट्व्युरो बैठक समेत बोलाउने तयारी गरेको छ ।