
काठमाडौं, १५ पुस । टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भएका १८ वर्षीय किशोर छन् ।
ती किशोरले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी–प्रेमिकाको बहानामा अनलाइन अश्लील क्रियाकलाप गर्ने गरेका थिए । उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्वीरहरू गोप्य रूपमा अभिलेखीकरण गर्ने त्यसपश्चात सामाजिक सञ्जाल टेलीग्राममा निर्माण गरिएका विभिन्न च्याट ग्रुपहरुमा आर्थिक लाभका लागि सोही अश्लिल भिडियो तथा तस्वीरहरु प्रसारण गरी महिला तथा नाबालिकाहरुको चरित्रहत्या गर्ने, दु:ख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया