३१ आश्विन २०८३, शनिबार

निराकरले भिडियोकलमा छोरालाई ‘राम्रो मान्छे बन्नु’ भने अनि क्यासिनोको १२ तलाबाट हामफाले

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । कम्बोडियाको पोइपेट सहरको क्यासिनोमा आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा बिर्तामोडाका ४० वर्षीय निराकर पाण्डे रहेका छन् । ग्राण्ड डायमण्ड सिटी क्यासिनोमा कार्यरत रहेका पाण्डेको आगोबाट बच्न क्यासिनको १२ तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।

क्यासिनोबाट हाम फाल्नुअघि पाण्डेले डेढ घण्टा परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । भिडियोमा पाण्डेले कुरा गर्दागर्दै कोठामा धुँवा भरिएको देख्न सकिन्छ । होटल परिसरमा दमकलको साइरन पनि सुनिन्छ ।

कतैबाट निस्कने बाटो नपाएपछि अन्तिम अवस्थामा पाण्डेले परिवारसँग कुराकानी गरेर हाम फालेका हुन् । उनले अन्तिममा छोरालाई आफूले धेरै मायाँ गर्ने भन्दै राम्रो मान्छे बन्न आशिर्वाद थिएका थिए ।

‘मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू। उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू है बाबु,’ उनले भिडियोकलमा छोरालाई भनेका छन् ।

आगलागीमा पाण्डेसहित २४ जनाको मृत्यु भएको छ । पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ ।

पाण्डे एकमहिनाअघि कम्बोडिया पुगेका थिए ।