
काठमाडौं, १४ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आफ्ना केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्यारालाई कारबाहीको माग गर्दै आज उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई ज्ञापन पत्र बुझाएको छ ।
गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको हो । गृहमन्त्री लामिछानेले हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएको अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिए ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ स्थित मतदानस्थलमा भएको विवादमा राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ऐडीको हत्या भएको थियो ।















प्रतिक्रिया