
काठमाडौं, १४ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागेका छन् ।
महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेको हो ।
अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिएको र त्यसका गृहमन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गरिदिन महानगरपालिकाले गृहमन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको छ ।
गत मंसिर १२ गते सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरपालिकाको टोलीलाई स्थानीयले आक्रमण गरेका थिए ।
सुकुम्बासीको आक्रमणमा परेर नगरप्रहरी प्रमुख राजु पाण्डेसहित ३६ जना भन्दा धेरै नगरप्रहरी घाइते भएका थिए ।















प्रतिक्रिया