
काठमाडौं, १४ पुस । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको पुनरावेदन रिट हेर्न नभ्याइनेमा परेको छ ।
बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।
यसअघि पुस १२ गतेको सुनवाइमा न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्मसम्बन्धी कागजात जन्म भएको भनिएको विरगंजस्थित नारायणी अस्पतालबाट झिकाउन आदेश दिएको थियो ।
यस्तै, किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिएको छ । किशोरीले गत भदौ २१ गते सन्दीपविरुद्व महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।।















प्रतिक्रिया