३० कार्तिक २०८३, सोमबार

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिं लामा विजयी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १२ पुस । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिं लामा विजयी भएका छन् ।

हेटौंडा-१० स्थित संसदीय दलको कार्यालयमा आज भएको निर्वाचनमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामा २१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँले १६ मत मात्र प्राप्त गरेको कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।

निर्वाचनमा कांग्रेसबाट निर्वाचित बनेका सबै ३७ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

चुनावी प्रतिस्पर्धा गरेका लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।