३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेशका जेष्ठ सदस्य ढुङ्गानाले लिए शपथ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ पुस । बागमती प्रदेश सभाका जेष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले ढुङ्गानालाई शपथ खुवाएका हुन् । ७२ वर्षीय ढुङ्गाना बागमती प्रदेशका १ सय १० जना प्रदेश सदस्य मध्ये ज्येष्ठ सदस्य हुन् ।

ढुङ्गाना ४ मंसिरमा भएको निर्वाचनमा नेकपा माओवादीबाट नुवाकोट-२ को १ बाट निर्वाचित भएका थिए ।

साथै भोलि बिहीबार दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य ढुङ्गानाले बागमती प्रदेशसभाका १ सय ९ जना प्रदेश सदस्यलाई प्रदेश सभा भवनमा शपथ गराउने कार्यक्रम रहेको छ ।

बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना प्रदेश सदस्य रहेका छन् ।