
हेटौंडा, १३ पुस । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता छान्न हेटौंडा-१० स्थित संसदीय दलको कार्यालयमा मतदान सुरु भएको छ ।
मतदान दिउँसो २ बजेबाट सुरु हुने भनिए पनि सवा घण्टा ढिला सुरु भएको हो ।
दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुर सिं लामा र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनमा कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् ।
मतदान समाप्त भए पश्चात आजै मतगणना र मतपरिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ ।












प्रतिक्रिया