१५ कार्तिक २०८३, आइतबार

हराएको अमेरिकी हेलिकोप्टर अझै भेटिएन्, खोजी कार्य जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-sena-helicopterकाठमाडौँ, १ जेठ । भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर दोलखा गएको अमेरिकी सेनाको हेलिकोप्टर मङ्गलबारदेखि हराइरहेको र त्यसको खोजी कार्य जारी रहेको नेपाली सेनाले बताएको छ ।

सो हेलिकोप्टर दोलखाको सुनखानी गाविस नजिकै तामाकोसी नदीमा भएको आशंकामा खोजी कार्य तीव्र गरिएपनि हालसम्म त्यस बारेमा कुनै जानकारी नआएको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले राससलाई बताउनुभयो ।

हराइरहेको उक्त हेलिकोप्टरमा नेपाली सेनाका दुई र अमेरिकी सेनाका छ अधिकारी थिए । हेलिकोप्टर हराएको सूचना प्राप्त हुनासाथ त्यस क्षेत्रमा फौजलाई परिचालन गरी खोजी गरिएपनि हालसम्म हेलिकोप्टरका बारेमा कुनै जानकारी प्राप्त भएको छैन । रासस