१५ कार्तिक २०८३, आइतबार

डोल्पा कारागारबाट भागेका आठ जनालाई पक्राउ गर्न प्रहरीले माग्यो सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दी अझै पक्राउ परेका छैनन्। उनीहरूको खोजी तीव्र बनाएको प्रहरीले सर्वसाधारणसँग सहयोग माग्दै नाम र तस्बिर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले सूचना जारी गरी फरार व्यक्तिहरूलाई देखेमा वा उनीहरूबारे जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ। प्रहरीले १०० वा ०८७–५५००५६ तथा ९८५८३९०५८६ र ९८५८३०५५५५ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेको हो।

फरार हुनेमा कालीप्रसाद रोकाया, हरिबहादुर बुढा, यज्ञ विक, तिलक भण्डारी, रामबहादुर कामी, रेशम राना, कपिल परियार र अदेश भण्डारी छन्। प्रहरीका अनुसार उनीहरूमध्ये ६ जना कैदी र दुई जना थुनुवा हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिंहले फरार व्यक्तिहरूको खोजी जारी रहेको र नागरिकको सहयोगका लागि विवरण सार्वजनिक गरिएको बताएका छन्।