१५ कार्तिक २०८३, आइतबार

स्थानीय तहका लागि रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सत्तारुढ रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा भएकोे बैठकले क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णय गरेको हो ।

बैठकले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि विभिन्न सात उपसमिति गठन गरेको छ ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की र क्षमता विकास समन्वय उपसमितिमा टासी ल्हाजोमलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।