१ कार्तिक २०८३, आइतबार

एमाले र माओवादी केन्द्रबीच सहकार्य हुनु बाध्यात्मक र स्वाभाविक : सांसद थापा (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सांसद सूर्य थापाले एमाले र माओवादी केन्द्रबीच सहकार्य हुनु स्वाभाविक भएको बताएका छन् ।

आज मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले चुनावअघिको गठबन्धन अनैतिक भएको तथा कांग्रेसले सरकार गठन गर्ने छाँट नदेखाएपछि पाँचदलीय गठबन्धन आफै भत्किएको बताएका हुन् ।

चुनावअघि गठबन्धन गरेर जाने कुरा गलत भएको तथा निर्वाचनको परिणापछि गठबन्धन बन्नु बाध्यात्मक र स्वाभाविक भएको सांसद थापाको भनाइ छ ।

पाँच दलीय गठबन्धनले सरकार र स्थितरता दिन नसक्ने धारणा एमालेले चुनावअघि नै सार्वजनिक गरेको बताउँदै उनले मुलुकको आवश्यकता अनुसार राजनीतिमा फेरबदल आएको स्पष्ट पारे ।

उनले एमाले र माओवादीबीच नयाँ ढंगले सहकार्यको सुरुवात भएको टिप्पणी पनि गरेका छन् । थापाले राजनीतिमा असम्भव लागेको कुरा पनि सम्भव हुने भन्दै अहिलेको संसद्को गणितले नै सरकार गठनको लागि गठबन्धनको माग गरेको धारणा व्यक्त गरे ।

नेपालको संविधानबमोजिम भएको दोस्रो आवधिक निर्वाचनपछिको प्रतिनिधिसभाको संरचनाले नै अहिलेको सरकार बनेको उनको जिकिर छ । उनले विदेशी शक्तिले नेपालमा गैरकम्युनिष्ट शक्ति बनाउने र कम्युनिष्टहरुलाई जिल्याएर सडकमा राख्ने कोशिश गरेको तर्क गर्दै त्यो योजना असफल भएको दाबी गरे ।