१५ कार्तिक २०८३, आइतबार

नेपालमा एकाबिहानै भूकम्पको धक्का महसुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampa

काठमाडौँ, १ जेठ । नेपालमा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर २७ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.५ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँ नजिक केन्द्रबिन्दु भएकाले पराकम्पनको धक्का बढी महसुस भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

गत मङ्गलबार दोलखालाई केन्द्रबिन्दु बनाएर ६.८ रिक्टर स्केलको भूकम्प गएपछि आजको सबैभन्दा ठूलो पराकम्पन हो । यसअघि हिजो काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर ५.० रिक्टर स्केलको पराकम्पन गएको थियो ।

मंगलबारको शक्तिशाली भूकम्पछि जनजीवन सामान्य बन्दै गइरहेको बेला आजको भूकम्पले फेरि त्रास थपिदिएको छ । काठमाडौँका बासिन्दा भूकम्प आएपछि घरबाहिर निस्केका छन् ।

यसैबीच, दोलखालाई केन्द्रबिन्दु बनाएर आज बिहान ३ बजेर ३८ मिनेट जाँदा ४.१ र ४ बजेर ६ मिनेट जाँदा ४.३ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पराकम्पनहरु क्रमिक रुपमा कम हुँदै गएकाले अब आत्तिनुपर्ने अवस्था नरहेको केन्द्रले जनाएको छ ।