
काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पाउन नसक्ने सम्भावना औंल्याएका छन् ।
आज मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले सरकारमा सहभागी दलहरुलाई मिलाएर लानु चूनौती भएको भन्दै ३० दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनेमा आशंका व्यक्त गरेका हुन् ।
यदि ३० दिनभित्र विश्वासको मत पाउन दाहाल सफल भए दुई वर्ष ढुक्कले सरकार चल्ने उनको भनाइ छ । विश्वकर्माले यसअघिको गठबन्धन टुट्नु राजनीतिक परिधिभित्र दूर्भाग्यपूर्ण घट्ना भएको तर्क गर्दै कांग्रेस नेताहरुले प्रचण्डको स्वभाव चिन्न नसक्नु गलत भएको बताए ।















प्रतिक्रिया