
काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
नवनियुक्त प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा नयाँ बनेको सत्ता गठबन्धनमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल केन्द्रीत हुने बताइएको छ ।
माओवादी केन्द्रको बैठक लगत्तै बिहान ११ बजे नयाँ गठबन्धन दलहरुको बैठक पनि बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आज नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।












प्रतिक्रिया