३० कार्तिक २०८३, सोमबार

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ११ पुस । मनकामना केबलकार तत्कालका लागि बन्द गरिएको छ ।

केबलकारको प्यानलमा क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो ।

मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ ।

अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जनाएको छ ।