३१ आश्विन २०८३, शनिबार

नेपाली टीमसँग मैत्रीपूर्ण खेल खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लव नेपाल आउँदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । स्पेनको काथेरेन्यो फुटबल क्लव मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई मैत्रीपूर्ण खेलका लागि काथेरेन्यो फुटबल क्लव नेपाल आउने जनाएको हो ।

लुम्बिनी गार्डेन फाउन्डेसनले अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।

स्पेनिस क्बलले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा पोखरा गण्डकी–११ सँगै मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गर्नेछन् ।

यस्तै पुस १४ गते स्पेनिस क्लब काथेरेन्योले काठमाडौंको दशरथ रंगशालामा काठमाडौं–११ सँगै मैत्रीपूर्ण खेल खेल्नेछ । काठमाडौं–११ को कप्तानी पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले गर्नेछन् भने प्रशिक्षकमा मेगराज केसीले गर्ने लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले फुटबलको बिकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्यसहित यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको जानकारी दिए ।

मैत्रीपूर्ण खेल आगामी बर्षहरुमा पनि निरन्तरता दिने र नेपालबाट सुरु भएको अभियान आगामी दिनमा चीन, म्यानमार, थाइल्याण्ड, भियतनाम, थाइल्याण्डलगायत देशमा पनि आयोजना गरिने फाउन्डेसनले जनाएको छ ।